ad ad

राजनीति


बेवारिसे यातायातका साधनको तत्काल बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ : सांसद गैरे

बेवारिसे यातायातका साधनको तत्काल बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ : सांसद गैरे

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १३:१५, काठमाडौँ

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले देशभर बिगे्रर बसेका सवारी साधनहरूको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। 

सांसद गैरेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने पनि बताए।

‘सरकार कार्यालयमा दर्जनौं गाडीहरु बेवारिसे अवस्थामा देखिन्छन्। त्यसले वातावरण प्रदुषण र सुन्दरतामा र अर्बौंको सम्पत्ति क्षति भइरहेको छ। यो देशको अर्बांैको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो?,’ सांसद गैरेले भने, ‘म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु। देशभरी बिग्रेर बसेका यातायातका साधनहरु तत्काल मूल्यांकन गरी, त्यसको बिक्री वितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसावले सरकारको प्रस्तुतिका लागि रुलिङ होस्, म माग गर्न चाहन्छु।’

सांसद गैरेले सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रूपमा विकास गर्न नहुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .