ad ad

कला


कृत्रिम आँखा राखेपछि मेनुकाले पहिलोपटक सार्वजनिक गरिन् चस्माबिनाको तस्बिर

कृत्रिम आँखा राखेपछि मेनुकाले पहिलोपटक सार्वजनिक गरिन् चस्माबिनाको तस्बिर

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १३:१७, काठमाडौँ

गायिका मेनुका पौडेलले कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि पहिलोपटक चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी छन्।

गत वैशाखमा तिलगंगा अस्पतालमा मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरिएको थियो।

जहाँ उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) राखिएको छ। त्यसयता मेनुकाले पहिलोपटक चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी हुन्।

अब मेनुकाले चस्मा लगाउनुपर्ने बाध्यता हटेको छ।

यसअघि भने मेनुकाले चस्मा लगाउँदै आएकी थिइन्। यो सर्जरीपछि सामान्य व्यक्तिजस्तै देखिए पनि उनको आँखाको दृष्टि भने फिर्ता आउने छैन।

‍कृत्रिम आँखाले नदेखे पनि चस्माबिना राम्रो देखिने भएकाले उनको आँखाको शल्यक्रिया गरिएको बताइएको छ।

तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको समूहले कृत्रिम आँखा राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .