ad ad

राजनीति


नयाँ चरणको आर्थिक सुधार गरेरै छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

नयाँ चरणको आर्थिक सुधार गरेरै छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १३:११, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन्।

काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाए। 

तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने उनले बताए। 

नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउँदै उनले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए। 

‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ। त्यो बहस हुँदै आएको थियो। यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौँ। तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ,’ उनले भने, ‘संविधानले त्यो दिशा निर्देश गरिसकेको छ। त्यो हामीले अहिले प्रश्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दैछौँ। त्यसको लागि काम गर्छौँ। राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरुले नीति बनाइदिएको होइन। नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा। हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ।’

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताए। साथै, उनले सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .