ad ad

राजनीति


कांग्रेस सांसद ढुंगानाको टिप्पणी : सुशासनका घण्टी बजाउनेहरू नै विरुद्धमा छन्

कांग्रेस सांसद ढुंगानाको टिप्पणी : सुशासनका घण्टी बजाउनेहरू नै विरुद्धमा छन्

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:१३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रदेशलाई अधिकार दिने विषयमा कति पटक प्रदेश सरकारसँग छलफल गरेको? भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न पनि गरे। 

सांसद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरूले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको बताए। 

मुलुकमा सुशासन कायम गर्न सरकार समेत सचेत नभएको आरोप लगाउँदै उनले जसले सुशासनका लागि घण्टी बजाएर देशमा जितेर आए त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिरहेको बताए। 

संघीयतालाई बलियो बनाउने ऐनहरू निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत बताए। 

‘म सरकारलाई आग्रह गर्न चाहन्छु–यो सदनले, सदनका माननीयजीहरुले हरेक प्रदेशमा गएर प्रदेशलाई चाहिने ऐन बनाई दिनुपर्छ, अनिमात्रै संघीयता बलियो हुन्छ भनेर प्रतिवेदन दिनुभएको छ। संघीयतालाई बलियो बनाउने गरी सरकारले ऐन बनाओस् भन्ने कुरा म राख्न चाहन्छु,’ उनले भने, ‘हामी जिम्मेवार भएनौँ। जसले सुशासनका लागि घण्टी बजाएर यो देशमा जितेर आए, त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिराखेका छन् भनेर हामीले भन्न खोजेका थियौँ। यस दिशातर्फ सरकार किन सचेत भईराखेका छैन? प्रधानमन्त्रीले प्रदेश सरकारका मुख्यमन्त्रीसँग अधिकार बाँडफाँडको विषयमा कति पटक छलफल गरेका छन्? गरेका छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .