ad ad

राजनीति


सुदूरपश्चिम सरकारमा सहभागी हुँदै एमाले र माओवादी

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै एमाले र माओवादी

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८१ सोमबार १०:४५, काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सरकारमा सहभागी हुने भएका छन्।

केहीबेरपछि दुवै दलले नेकपा एकीकृत समाजवादीको नेतृत्वको सरकारीमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाउने कार्यक्रम छ। त्यसअघि दुवै दलको संसदीय दलको बैठक बस्नेछ।

सुदूरपश्चिममा एमाले र माओवादीका तीन तीन जना मन्त्री बन्न लागेका हुन्। 
 

‘आजै क्याविनेट विस्तार हुन्छ,’ मुख्यमन्त्री निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘मन्त्रीहरुको नियुक्ती र शपथको तयारी सुरु भइसकेको छ।’

एमाले तयार नभएकै कारण मुख्यमन्त्री नियुक्त भएको ५१ दिन बितिसक्दा पनि दीर्घ सोडारीले सरकार विस्तार गर्न पाएका थिएनन्। एमाले नगएपछि माओवादी पनि प्रदेश सरकारमा सहभागी हुन रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .