आज सुनचाँदीकै मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनचाँदी आइतबारकै मूल्यमा किनबेच भइरहेको छ।
गएको शुक्रबार अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आइतबार एकैदिन तोलामा चार हजार रुपैयाँ घटेको थियो। आज छापावाल सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी तेजाबी सुनको मूल्य आज पनि एक लाख ४० हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि आज थपघट भएको छैन। आज पनि चाँदी एक हजार ८ सय २५ रुपैयाँमै किनबेच भइरहेको महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुन अहिलेसम्मकै सर्वाधिक महँगो एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो।
1.2k
Shares
प्रतिक्रिया