विवेकशील नेपाली दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री ओलीको कार्यकालमा भ्रष्टाचारका धेरै काण्ड भएका र त्यसमा प्रधानमन्त्री निकट मान्छे नै जोडिने गरेको भन्दै विवेकशीलले राजीनामा मागेको हो।
केही दिन अघि तत्कालिन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए। विवेकशीलले सो प्रकरणमा प्रधानमन्त्री ओलीसमेत मुछिएको आरोप लगाएको छ।
सो पार्टीले भ्रस्टाचारको भन्डाफोर गर्दै प्रधानमन्त्रीको राजीनामाका लागि थप दबाब दिने जनाएको छ।
प्रतिक्रिया