ad ad

राजनीति


भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ, म पनि गएको थिएँ : ओली

भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ, म पनि गएको थिएँ : ओली

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:२७, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा यसअघि पनि नेपालको प्रतिनिधित्व हुने गरेको बताएका छन्। 

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यसअघि आफू र सुशिल कोइराला पनि भारत गएको प्रसंग सुनाए।

भारतको प्रधानमन्त्रीको शपथमा नेपालको प्रधानमन्त्री जानु कतिको आवश्यक हो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भने, ‘जानुपर्छ। जाने गरेको छ। यो भन्दा अगाडि म पनि गएको थिएँ। ०७४ मा सुशिल कोइरालाजी जानुभएको थियो।’

साथै, उनलाई सञ्चारकर्मीले यही बेलामा राजदूत फिर्ता किन गर्नपरेको हो? भन्ने प्रश्नगरेका थिए। 

जवाफमा ओलीले भनेका छन्, ‘सरकारलाई मन लाग्यो हो, यो परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले जान्ने कुरा भयो।’

उनले सरकारका यस्ता विषयहरूको जानकारी आफूलाई हुने नगरेको पनि बताए। ‘हामी हरेकले थाहा पाउँदैनौं यस्तो कुरा?,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .