ad ad

राजनीति


सामाजिक अभियन्तासँग बृहत भेला गर्दै माओवादी

सामाजिक अभियन्तासँग बृहत भेला गर्दै माओवादी

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’ को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्ता माझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ।

यही जेठ २५ र २६ गते गर्न लागिएको भेलामा देशभरबाट ३०० भन्दा बढी सामाजिक अभियन्ताहरू काठमाडौँ आउने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिएन्।

उनका अनुसार ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताहरूको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भएर गरिने भेलाको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी गरिनेछ।

यस भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आम सामाजिक अभियन्ताहरूले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्नु पाइनेछ।

सामाजिक सङ्घसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा विभिन्न वृत्तबाट फरक धारणा आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .