ad ad

राजनीति


कांग्रेसले भन्यो– गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्नुहुन्न

कांग्रेसले भन्यो– गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्नुहुन्न

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १२:२६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गाबारे गृहमन्त्री रवि लामिछानेले बोल्नसमेत नसक्ने बताएको छ। 

बिहीबारको संसद बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न तयार हो? भन्दै प्रश्न गरे।

सर्वोच्च अदालतले गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको निष्कर्षसहितको पूर्णपाठ सार्वजनिक भएको भन्दै महामन्त्री शर्माले उपपप्रधानमन्त्री समेत रहेका लामिछानेले बोल्न समेत नसक्ने ठोकुवा गरे। 

‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको नेताले कांग्रेसले बेचेर ७० बिगा कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न तपाईं गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ? म जान्दछु, खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,’ उनले भने। 

उनले गिरीबन्धुको फाइल खोल्न सक्ने भए शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सच्याउन दमदार ढंगबाट भन्न सक्नुपर्ने बताए। 

‘बोल्न सक्नुभएको भए, शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू भनेर दमदार ढंगबाट भन्न सक्नुपर्थ्यो। नम्रतापूर्वक पनि भन्न सक्नुभएन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .