ad ad

समाज


झापामा बिग्रिएर सडक छेउमा रोकिएको जिपमा स्कुटर ठोक्किँदा २५ र २९ वर्षका २ युवकको मृत्यु

झापामा बिग्रिएर सडक छेउमा रोकिएको जिपमा स्कुटर ठोक्किँदा २५ र २९ वर्षका २ युवकको मृत्यु

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १२:४४, झापा

झापाको मेचीनगरमा बुधबार राति एको सवारी दुर्घटना हुँदा दुई जना युवाको मृत्यु भएको छ। 

मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपमा तीव्र गतिको स्कुटर ठोक्किँदा दुई युवका मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिँदा दुर्घटना भएको हो।  

मृत्यु हुनेमा स्कुटर चालक झापाको बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .