ad ad

राजनीति


प्रधानमन्त्री छोरी उत्थान कार्यक्रम हटाउन कांग्रेस सांसदको माग

प्रधानमन्त्री छोरी उत्थान कार्यक्रम हटाउन कांग्रेस सांसदको माग

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार १३:४३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन्। 

सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ। सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै छोरीहरुको अपमान गरेको बताएका हुन्। 

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट विनियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए। 

सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। 

उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे।

सांसद बलायरले सरकारले भूकम्प पीडितहरुको राहतमा एकरुपता ल्याउन नसकेको आरोप पनि लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .