ad ad

कारोबार


औषधिजन्य सामग्री जफत गरिएको भन्दै व्यवसायीले दिए आन्दोलनको चेतावनी

औषधिजन्य सामग्री जफत गरिएको भन्दै व्यवसायीले दिए आन्दोलनको चेतावनी

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:५५, काठमाडौँ

कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मंगलवार काठमाडौंमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल व्यवसायीहरुको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरु ताल्चा लगाएर आन्दोलनमा उत्तिनुपर्ने अवस्था आउने बताए।

उनले औषधि विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिका कसको पर्छ? भन्दै प्रश्न गरे। उनले औषधि अनुगमनको क्षेत्र महानगरुको पर्छ की पर्दैन भन्ने प्रश्न गरे।

उनले भने, ‘औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ। पसल भित्र अर्को कुराको व्यापार भयो भने त्यो स्वीकार्य छ। विभागले हाम्रा साथीहरुको सामान जफत भएको छ। हामीलाई कुनै जानकारी नदिइ भ्याट फनमा ल्याएको सामान जफत गरेर राख्दा हामीलाई दुःख लागेको छ। महानगरको कार्यक्षेत्र औषधि क्षेत्रमा पर्छ की पर्दैन। यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ।’

यता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे।

उनले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरूमा बेच्न पाइने बाहेकका औषधिहरू राखेको भएमात्रै जफत गरेको बताए। उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने बताए।

उनले औषधि बेच्ने भनेको ठाउँमा अन्य वस्तु राखेर बेचेको पाए कानूनले नछोड्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .