नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामा गम्भीर बिरामी परेका छन्।
गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
६८ वर्षीय लामा सुगर र प्रेसरका बिरामी छन्। लामाकी पत्नी इन्द्रमाया तामाङका अनुसार राति सुतेकै ठाउँमा एक्कासी बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समा नर्भिक ल्याइएको थियो।
‘डाक्टरले सोडियमको कमिका कारण बेहोस भएको बताएका छन्,’ तामाङले नेपालखबरसँग भनिन्, ‘अहिले अबस्था सुधारोन्मुख छ।’
लामा काभ्रेबाट दुईपटक सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।
कोरियामै हुँदा उनको किड्नीमा क्यान्सरसमेत भएको थियो। पाँच वर्षअघि पनि उनी गम्भीर बिरामी भएर ठिक भएका थिए। त्यतिबेला पनि उनको नर्भिकमै उपचार गरिएको थियो।
Shares

प्रतिक्रिया