ad ad

राजनीति


उपराष्ट्रपति बनेपछि पहिलोपटक थबाङ पुगे पुन, स्थानीयले गरे भव्य स्वागत

उपराष्ट्रपति बनेपछि पहिलोपटक थबाङ पुगे पुन, स्थानीयले गरे भव्य स्वागत

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:१४,

थबाङवासीले उपराष्ट्रपति नन्दबहादुर पुनको भव्य स्वागत गरेका छन्।

उपराष्ट्रपति बनेपछि आइतबार पहिलो पटक रोल्पाको थबाङ पुगेका पुनको स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका हुन्।

कुनै सयम जनयुद्धको कमान्डर बनेर बसेको ठाउँ थबाङ आइतबार भने उपराष्ट्रपति पुन नमुना विद्यालय घोषणा कार्यक्रममा सहभागी हुन थबाङ पुगेका हुन्।

थबाङमा रहेको वीर बलभद्र माविलाई नमूना विद्यालय घोषणा गर्ने कार्यक्रम रहेको छ।

उपराष्ट्रपति पुनले आफू सात वर्षअघि थबाङ आएको स्मरण गरे। उनले सात वर्षमा थवाङमा विकासले गति लिन थालेको देख्दा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिएका थिए।

उपराष्ट्रपति पुनसँगै शिक्षामनत्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री दलजित श्रीपालीलगायतको टोली पनि थबाङ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .