ad ad

कारोबार


एनआईसी एसियाको सुपर चामत्कारिक मुद्दती खातामा २१ लाखसम्मको बीमा सुविधा

एनआईसी एसियाको सुपर चामत्कारिक मुद्दती खातामा २१ लाखसम्मको बीमा सुविधा

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:२१,

एनआईसी एशिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ। मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितिय सुविधा साच्चै चामत्कारिक छ ।

सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्दती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नुहुनेछ । यस योजनाअन्तर्गत खाता खोल्नुभएका ग्राहक महानुभावहरुले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चामत्कारिक बीमा सुविधा पाउनुहुनेछ ।

यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । यसैगरी औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसक्नु भएको छ ।

सामान्यतयाः यदि ग्राहकवर्गले रु. २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब १४,००० रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चामत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब रु. १४,००० को फाइदा पुग्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।

वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .