ad ad

राजनीति


बालुवाटारमा सत्ता र प्रतिपक्षबीच छलफल जारी

बालुवाटारमा सत्ता र प्रतिपक्षबीच छलफल जारी

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १८:३६, काठमाडौँ

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन गृहकार्य गरिरहेका शीर्ष नेताहरू पुनः बालुवाटारमा भेला भएका छन्। बिहान भएको सत्ता र प्रतिपक्षीका नेताहरूबीच संसद् खुलाउने विषयमा सहमति जुट्न सकेको थिएन। 

सत्तापक्षका नेताहरूसँग बालुवाटारमा भएको छलफलबारे कांग्रेसका नेताहरूले बुढानीलकण्ठ पुगेर देउवालाई ब्रिफिङ गरेका थिए। 

देउवासँगको छलफलपछि कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक बालुवाटार पुगेर अहिले प्रधानमन्त्रीसहितका नेताहरूसँग छलफलमा जुटेका हुन्।  

सदनमा जारी गतिरोध अन्त्य गर्नेगरी नेताहरूबीच छलफल चलिरहेको छ। यद्यपि सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .