ad ad

राजनीति


संसद् खुलाउन प्रधानमन्त्रीको कदम उपयुक्त, सत्तारुढ दल अल्झाउन लागे : कांग्रेस

संसद् खुलाउन प्रधानमन्त्रीको कदम उपयुक्त, सत्तारुढ दल अल्झाउन लागे : कांग्रेस

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १२:४७, काठमाडौँ

भोलि (मंगलबार) आगामी आर्थिक वर्षको बजेट ल्याउनपर्ने बाध्यतामा छ, सरकार। तर, झण्डै २ महिनादेखि जारी संसद्को डेढलक खुल्न नसक्दा बजेट कसरी ल्याउने भन्ने चिन्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्। 

संसद्को गतिरोध अन्त्य गर्नेगरी प्रधानमन्त्री प्रचण्डले सोमबार बिहानै सत्ता र प्रतिपक्षी दलहरूबीच छलफल गरेका थिए। 

तर, सो छलफलमा पनि संसदीय छानबिन समितिको टीओआर कस्तो बनाउने भन्नेबारे सहमति जुट्न सकेन। अहिले बालुवाटारबाट निस्किएर सत्ता र प्रतिपक्षी दलका नेताहरू आ–आफ्नो तयारीमा जुटेका छन्। 

टीओआर कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद जीवन परियारका अनुसार, आजै साँझसम्म डेढ लक अन्त्य गर्नेगरी प्रधानमन्त्रीले छलफल अघि बढाएका छन्। 

‘प्रधानमन्त्रीज्यूले संसद्को डेढलक अन्त्य गर्नुपर्छ भनेर भन्नुभएको छ। सम्भवतः साँझसम्म थप छलफलको लागि बोलाउनुहुन्छ। हामीपनि आन्तरिक छलफलमा छौँ,’ बालुवाटार बैठकपछि सांसद परियारले भने। 

साथै, उनले प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गर्नेगरी लागेको भए पनि सत्तापक्षकै अन्य दल समाधानको काम अल्झाइरहने अवस्थामा देखा परेको बताए। 

‘आज साँझसम्म जसरी हुन्छ डेढलक अन्त्य गर्नेगरी प्रधानमन्त्री लाग्नुभएको छ। प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ, समग्र सत्तापक्षले समस्या समाधान गर्नेतर्फ पनि अल्झाइरहको देखिन्छ,’ परियारले भने। 

उनले अघि थपे, ‘हामी गम्भीर भएका छौँ। नेपाली कांग्रेसले अघि कांग्रेसले सहकारीका पीडित, बचतकर्ताको बचतको सुरक्षा र पीडितले रकम फिर्ताको सुनिश्चितता खोजेका थियौँ। पहिलो प्राथमिकता यसमै छ।’

कांग्रेसले सहकारी पीडितको रकमको सुनिश्चितता नभएसम्म संसद्को गतिरोध जारी रहने आफूहरूको बटमलाइन रहेको प्रष्ट पारे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .