डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवार बन्ने दौडमा वामपन्थी उम्मेदवार बर्नी स्यान्डर्स अग्रभागमा देखिएका छन्।
नेभाडा राज्यमा शनिबार भएको ककसमा स्यान्डर्सले फराकिलो अन्तरले जित्ने पक्का भएको छ।
जारी मतगणनामा ४६ प्रतिशतभन्दा बढी मत उनले हात पारेका छन्।
डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न समग्रमा १९९१ डेलिडेट्स जित्नुपर्ने हुन्छ। नेभाडाबाट ३६ डेलिगेट्सको टुंगो लाग्नेछ। त्यसमध्ये कम्तीमा १३ डेलिगेट्स स्यान्डर्सले जित्ने देखिएको छ।
नेभाडामा दोस्रो स्थानमा पूर्वउपराष्ट्रपति जो बाइडेन देखिएका छन् भने तेस्रो स्थानमा पिट बुट्टजेज। यसअघि चुनाव सकिएका आयोवा र न्यु ह्याम्पसरसमेत गरी बुट्टजेज दोस्रो स्थानमा छन्। एजेन्सी
यो पनि
3
Shares
प्रतिक्रिया