वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरुलाई टर्की र ग्रिस जस्ता देशमा पठाइदिन्छु भन्दै रकम उठाएर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–६ बुधबारे घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल रहेका छन्।
पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रिस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुसमेतको जम्मा नगद ३९ लाख ५६ हजार लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडित गोपिराम पराजुलीले दिएका जाहेरीका आधारमा बिहीबार पक्राउ परेका उनलाई आइतबार वैदेशिक रोजगार विभाग बुद्वनगरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया