ad ad

राजनीति


संसदीय छानबिन समितिको टीओआर टुंगोमा पुर्‍याउन शीर्ष नेताहरू बालुवाटारमा

संसदीय छानबिन समितिको टीओआर टुंगोमा पुर्‍याउन शीर्ष नेताहरू बालुवाटारमा

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८१ शनिबार १९:२१, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा कार्यदलले जुटाएको सहमतिबारे छलफल गर्न शीर्ष नेताहरू भेला भएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरू बसेर टीओआरको भाषाबारे छलफल गर्न लागेका हुन्। अहिले बालुवाटारमा छलफल चलिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए।

यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो। 

सत्ता र प्रतिपक्षी दुवैतिरका नेताहरू लगभग सहमतिनजिक भएको जानकारी गराउँदै आफूहरू त्यसबारे जानकारी गराउन बालुवाटार जान लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बताएका थिए।

कांग्रेसले लगातार संसद् अवरोध गर्दै आएपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमदेखि बजेटसम्म प्रभावित भएको छ। 

सरकारले गत जेठ १ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन सकेको छैन। 

बजेट अध्यादेशमार्फत् आउनसक्ने चर्चाबीच दलहरू समिति बनाएर संसद्को डेढ लक अन्त्य गर्नेगरी छलफलमा जुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .