ad ad

राजनीति


कारबाही रोक्न अन्तरिम आदेश पाएनन् थपलियाले

कारबाही रोक्न अन्तरिम आदेश पाएनन् थपलियाले

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १७:१४, काठमाडौँ

सर्वोच्च अदालतले न्याय परिषद्को कारबाहीमा परेका उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई बर्खास्त गर्नुको कारण सोधेको छ।

न्यायाधीश थपलियाले पुनर्बहालीका लागि दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले न्यायपरिषदसँग बर्खास्तगीको कारण सोधेको हो।
सर्वोच्चले निवेदकको माग बमोजिम कारबाही रोक्न अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

न्याय परिषद्को गत फागुन १३ गतेको बैठकले न्यायाधीश थपलियालाई खराब आचरणको आरोपमा बर्खास्तगीका लागि सिफारिस गरेको थियो। तत्कालै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई बर्खास्त गरेका थिए।

न्याय परिषद् र प्रधानन्यायाधीशको निर्णय अन्यायपूर्ण दाबी गरी रिट लिएर थपलिया जेठ २ गते सर्वोच्च पुगेका हुन्।

थपलिया पछिल्लोपल्ट उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। न्याय परिषद्ले कारबाही अघि बढाएपछि उनलाई परिषद्मा हाजिर गर्ने गरी झिकाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .