ad ad

समाज


न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त

न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त

अम्बिका निरौला र नवराज थपलिया। फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १७:५९, काठमाडौँ

न्याय परिषद्ले खराब आचरणको आरोप लागेका दुईजना न्यायाधीशलाई बर्खास्तगीका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ।

न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तगीका लागि सिफारिस गर्ने निर्णय लिएको हो।

उता अर्का न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ। उनी इच्छाराज तामाङको मुद्दामा कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ घुस डिल गरेको अडिओ टेपका कारण विवादमा परेका थिए। 

न्याय परिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो। 

न्यायाधीश परशुराम भट्टराईले भने छानबिन चलिरहेकै बेला माघ ७ गते नै राजीनामा दिएका थिएका थिए। 

बर्खास्तीमा परेका न्यायाधीश थपलिया पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोपमा मुछिएका थिए। न्याय परिषद्ले गत पुसमै न्यायाधीश थपलियाको जिम्मेवारी खोसेको थियो।

उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्‍मा तानिएको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठले थपलियालाई न्याय परिषद्‍मा तान्ने निर्णय गरेका थिए। 

थपलियालाई तत्कालीन प्रधानन्यायाधीश राणा नेतृत्वको न्यायपरिषद्ले २०७५ चैत १९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख थियो।

उता निरौलाले काठमाडौँ जिल्ला अदालतमा रहँदा भ्याली कोल्ड स्टोरका सञ्चालक हरिबहादुर रावलका छोरा बाबुराजालाई अपहरण गरी फिरौती लिने समूहका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई अस्वाभाविकरूपमा सफाइ दिएका थिए। मिटरब्याजीका पक्षमा फैसला गरेर गर्दा पनि उनी विवादित भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .