हङकङका ६८ प्रतिशत किन्डरगार्टेनले गरे शिक्षण शुल्क वृद्धिको माग

हङकङका ६८ प्रतिशत किन्डरगार्टेनले गरे शिक्षण शुल्क वृद्धिको माग

सांकेतिक तस्बिर (फ्रिपिक)


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १७:२३, काठमाडौँ

हङकङको शिक्षा ब्युरोले सहरका ६६० किन्डरगार्टेनले नयाँ शैक्षिक वर्षको लागि ट्युसन शुल्क बढाउन आवेदन दिएको बताएको छ। यो संख्या हङकङमा रहेका कुल किन्डरगार्टेनको ६८ प्रतिशत हो।

सरकारी आँकडाअनुसार हङकङमा विद्यालय जाने उमेरका बालबालिकाको संख्या घट्दै गइरहेको छ। यसले किन्डरगार्टेनका लागि चुनौती खडा गरेको छ।

शिक्षा ब्युरोले शुक्रबार जानकारी गराएअनुसार ६६० किन्डरगार्टेनले शिक्षण शुल्क वृद्धिको आवेदन दिएका हुन्।

जसमध्ये, किन्डरगार्टेन शिक्षा योजनामा भाग लिने ७४० किन्डरगार्टेनमध्ये ५२० ले शिक्षण शुल्क बढाउन आवेदन दिएका छन् भने बाँकी २२० ले यथास्थानमा रहने जानकारी गराएका छन्।

त्यस्तै, किन्डरगार्टेन शिक्षा योजनामा सहभागी नभएका किन्डरगार्टेनमध्ये पनि अधिकांशले ट्युसन शुल्क वृद्धिको लागि आवेदन दिएका छन्।

जसमध्ये १४० ले वृद्धिको लागि, एकले घटाउनको लागि र ९० किन्डरगार्टेनले यथास्थितिमा रहनका लागि आवेदन दिएका हुन्।

शिक्षा योजनामा सहभागी ५२० र सहभागी नभएका १४० गरी कुल ६६० किन्डरगार्टेनले यो महिनाको मध्यसम्ममा शुल्क वृद्धिको आवेदन दिएको शिक्षा ब्युरोले जानकारी दिएको हो।

यसैगरी, प्रत्यक्ष अनुदान योजना अन्तर्गत सञ्चालित विद्यालयको ट्युसन शुल्क समायोजनका लागि ५४ वटा आवेदन परेका छन्।

ब्युरोले सान्दर्भिक आवेदनहरूको समीक्षा गरिरहेको जानकारी दिएको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .