ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ६:३७, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दैछ। 

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

त्यसैगरी सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची पनि छ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

तर, नेपाली कांग्रेसले आजको संसद बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ। 

संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने अडान लिएको छ।

हेर्नुहोस् आजको बैठकको लागि कार्यसूची 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .