ad ad

राजनीति


कांग्रेसलाई ओलीले भने– रविविरुद्ध खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर निस्कनु’ जस्तै हो

कांग्रेसलाई ओलीले भने– रविविरुद्ध खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर निस्कनु’ जस्तै हो

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १८:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्न नहुने बताएका छन्। 

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए। 

नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएको भन्दै आपत्ति जनाए।

कांग्रेसजस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भंगेरा मार्न तोप बोकेर जानु सरह भएको उनले टिप्पणी गरे। 

‘अहिले नेपाली कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध कांग्रेस खनिएको छ। कांग्रेस जस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर,’ ओलीले भने, ‘बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो।’

कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउँदै उनले संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा बोल्न पनि नहुने बताए। 

‘नेपाली कांग्रेसले दुई तिरबाट अर्घेल्याइँ गरेको छ। एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने। उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने,’ ओलीले अघि भने, ‘यो त सत्य हो नि त। यस्तो गर्नुहुँदैन। रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग। अलि मिलेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .