राजनीति


जन्मदिन मनाउन आज जन्मघर जाँदै ओली, यस्ता छन् कार्यक्रम

जन्मदिन मनाउन आज जन्मघर जाँदै ओली, यस्ता छन् कार्यक्रम

नेपालखबर
फागुन ११, २०७६ आइतबार ३:५,

आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बिहान तेह्रथुम जाँदैछन्।

विहान नौ बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई जानकारी दिए।

तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा ओलीको जन्मघर छ। ओलीले जन्मघरमै आफ्नो ६९ औँ जन्मदिन मनाउन लागेका हुन्। त्यसको लागि स्थानीय पार्टी कमिटीले विशेष तयारी गरेको छ।

प्रधानमन्त्री ओली गाउँ आउन लागेको अवसरमा आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ।

प्रधानमन्त्री ओलीले आइतार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने कार्यक्रम रहेको ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए। कार्यक्रमको तयारीको लागि हाल भण्डारी तेह्रथुममै छन्।

तेह्रथुमबाटै भण्डारीले नेपालखबरसँग भने, ‘उहाँले आज तेह्रथुम र पाँचथरमा सडक, बैँक, खानेपानी लगायतका विकास निर्माणका कामको शिलान्यास र उद्घाटन गर्नुहुनेछ।

‘छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको प्रधानमन्त्री ज्यूले शिलान्यास गर्ने कार्यक्रम छ,’ भण्डारीले भने, ‘दिउँसो जन्मघरमा हुने जन्मोत्सव कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ।’

ओलीका पुराना दौँतरीले उनको जन्मदिनको अवसरमा कार्यक्रम राखेका भण्डारीले बताए।

प्रधानमन्त्रीको स्वागतका लागि शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा चारसय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

ओलीले आजै पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाकोसमेत उद्घाटन गर्नेछन्। सुरुमा खानेपानीको उद्घाटनपछि ओली आफ्नो गाउँ प्रस्थान गर्ने कार्यक्रम छ। आठराई बजारमा ओलीले नेपाल बैँकको शाखा कार्यालय उद्घाटन गर्नेछन्।

दिउँसो जन्मघरमा हुने आफ्नो जन्मोत्सव कार्यक्रममा सहभागी भएर ओलीले आफ्ना पुराना दौँतरीसँग भेटघाट र भलाकुसारी गर्ने कार्यक्रम छ।

ओलीको स्वागतमा आठराईका विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। जन्मघर इवाबाट ओलीले दिउँसो विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम सकेर आजै साँझ ओली काठमाडौँ फर्कनेछन्।

याे पनि: 
५२ वर्षपछि किनेको आफ्नै जन्मघरमा जन्मदिन मनाउन जाँदै ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad