ad ad

राजनीति


गृहमन्त्रीलाई कांग्रेसको चुनौती– आरोप पुष्टि नभए संसद्‌बाट गलहत्याउँछौँ

गृहमन्त्रीलाई कांग्रेसको चुनौती– आरोप पुष्टि नभए संसद्‌बाट गलहत्याउँछौँ

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १३:५५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले संसद्‌भित्रै राष्ट्रिय सूचनाहरू बेच्ने एजेन्टहरू रहेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

पार्टीका सांसद बद्रि पाण्डेले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यदी उक्त विषय निराधान तरिकाबाट प्रस्तुत भएको भए कांग्रेसले गृहमन्त्रीलाई सदनबाट गलहत्याउने चेतावनी समेत दिए। 

‘एउटा गम्भीर आरोप लगाउनुभएको छ, राष्ट्रिय सूचनाहरू बेच्ने एजेन्ट यही सदनमा छ भन्नुभएको छ। माननीय गृहमन्त्रीज्यू, को यो त्यो एजेन्ट देखाउनुहोस्,’ पाण्डेले भने, ‘यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौँ। होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट चुक्ने छैनौँ।’

उनले पार्टी उपसभापति, महामन्त्री लगायतका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई भनेका छन्। 

‘उहाँले लगाएका आरोपहरू सत्य हुन भने सभामुखज्यूको रुलिङ चाहियो, होइन भने संसद्को रेकर्डबाट हटाउन पनि आग्रह गर्न चाहन्छौँ,’ पाण्डेले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .