ad ad

राजनीति


सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ : ज्ञानेन्द्र शाही

सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ : ज्ञानेन्द्र शाही

नेपालखबर
जेठ ७, २०८१ सोमबार १५:४४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भुमिका निर्वाह नगरेको बताएका हुन्।

उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गरे।

उनले भने, ‘आज हामीले सभामुख देखेनौँ। कुर्सिमा बसेको मान्छे देख्यौँ। तर कुन पार्टीको कार्यकर्ता देख्यौँ। सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ। संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको।’

उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गरे। उनले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए।

उनले भने, ‘सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो? यो प्रश्नचिन्ह खडा भएको छ। जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन। यसरी पनि गर्न मिल्छ? यो कहाँको न्याय हो?’  

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भूमिका सभाभुखको जस्तो नभएको रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .