ad ad

राजनीति


परिस्थितिमा उतारचढाव भइरहेकै छन्, मलाई कहालीलाग्दो लागेको छैन : प्रचण्ड

परिस्थितिमा उतारचढाव भइरहेकै छन्, मलाई कहालीलाग्दो लागेको छैन : प्रचण्ड

नेपालखबर
जेठ ५, २०८१ शनिबार १४:३, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिको परिस्थितिलाई आफूले कहालीलाग्दो अवस्थामा नदेखिेको जिकिर गरेका छन्। 

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 

‘अहिलेको परिस्थिति कहालीलाग्दै हो कि भन्ने आउन खोज्यो, कहालीलाग्दै त मलाई लागेको छैन। उतारचढाव पक्कै भएका छन्,’ उनले भने।

साथै, उनले आफ्नो ध्यान नीति तथा कार्यक्रम र सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा केन्द्रीत भएको बताए। 

‘यतिबेला सरकारको ध्यान भनेको स्वभावैले यो वर्षको नीति कार्यक्रमलाई जो राष्ट्रपतिबाट प्रस्तुत भयो र सदनका दुवै सदनबाट पारित गर्नु र १५ गतेको बजेटको अन्तिम तयारीमा छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति कार्यक्रममा आएका योजना कार्यक्रमलाई बजेटले ठिक ढंगले सम्बोधन गरोस् भनेर प्रधानमन्त्रीको हैसियतले एउटा सानो टिमलाई काम लगाएको छु। सम्भवतः भोलिसम्म टुंगोमा पुर्याउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .