ad ad

राजनीति


अफगान गृहयुद्ध अन्त्य गर्न अमेरिका र तालिबान सहमत, आगामी हप्ता हस्ताक्षर हुने

अफगान गृहयुद्ध अन्त्य गर्न अमेरिका र तालिबान सहमत, आगामी हप्ता हस्ताक्षर हुने

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १३:१८,

फेब्रुअरी २९, आगामी हप्ता गृहयुद्ध अन्त्य गर्ने विषय समेटिएको सम्झौतामा अमेरिका र तालिबानबीच हस्ताक्षर हुने न्युयोर्क टाइम्सले जनाएको छ।

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका हुन्।

यस सम्झौताअनुसार अमेरिकाले तालिबान र अफगान सरकारबीच शान्तिवार्ता तथा युद्ध अन्त्य गर्नमा भूमिका खेल्नुपर्नेछ। तालिबानले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती घटाउन पनि भनेको छ।

तालिबान र अमेरिकाबीच सहमति भएपछि सम्झौतामा हस्ताक्षर हुने दिनसम्म शनिबारदेखि नै तालिबानले आफ्नो गतिविधिलाई रोक्ने अमेरिकाले शक्रबार बताएको छ।

अमेरिकाले समेत तालिबानलाई आक्रमण गर्न पाउने छैन।

Image result for mike pompeo

माइक पोम्पियो

अमेरिका र तालिबानबीच हुन लागेको यस पहिलो चरणको सम्झौताले झन्डै २ वर्षयता जारी गृहयुद्ध अन्त्य हुने संकेत दिएको विश्लेषण गरिएको छ।

हालै अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक भएको छ। यस विषय अमेरिका र तालिबानको सम्झौतामा समावेश छैन्।

अमेरिकाले सम्झौता भएको बताए पनि तालिबानले भने यस विषयमा प्रतिक्रिया जनाएको छैन।

सन् २००१ यता सुरु भएको अफगान गृहयुद्धमा अमेरिकाले तालिबानसँग लड्न अरबौं डलर खर्च गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा चुनाबी प्रचार गरिरहँदा उनले अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

सन् २०१८ को डिसेम्बर महिनामा तालिबानले अमेरिकासँग छलफल गरेर शान्तिको बाटो तय गर्ने अभिव्यक्ति दिएपछि भने वार्ताको ढोका खुलेको थियो।

त्यसबेला विद्रोही तालिबानले अफगान सरकारसँग कुनै औपचारिक छलफल गर्न भने इन्कार गर्यो। तालिबान अफगान सरकारलाई अमेरिकाको कठपुतली भएको आरोप लगाउँछ।

तालिबानसँगको सहमतिअनुसार गतवर्षको सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर त्यसको केहीदिनमै तालिबानले एक अमेरिकी सेनाको हत्या गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको सम्झौता टुक्रिएको प्रतिक्रिया जनाएका थिए।

ट्रम्पले तालिबानले ठूलो गल्ती गरेको बताइरहँदा तालिबानले अमेरिकाले वार्तालाई बेवास्ता गरेर थुप्रै अमेरिकी सेनाको ज्यान गुमाउने चेतावनी दिएको थियो।

सन् २०११ यता कतारले पनि अफगानिस्तानमा शान्तिका लागि तालिबानका नेतासँग वार्ता गरिरहेको छ।

अफगानयुद्धको पृष्ठभूमि

सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।

अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।

त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।

त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।

यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।

अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धनका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।

यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।

ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .