ad ad

कला


‘इन्डियन २’को क्रेन दुर्घटना : अपरेटर पक्राउ, कमल हसनलाई पनि बोलायो प्रहरीले

‘इन्डियन २’को क्रेन दुर्घटना : अपरेटर पक्राउ, कमल हसनलाई पनि बोलायो प्रहरीले

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १३:८,

फिल्म सुटिङका क्रममा तीन जना सहायक निर्देशकको ज्यान जानेगरी भएको क्रेन दुर्घटनाको विषयलाई लिएर प्रहरीले अपरेटरलाई पक्राउ गरेको छ।

कमल हसनको फिल्म ‘इन्डियन २’को सुटिङका क्रममा बुधबार क्रेन दुर्घटना हुँदा तीन जना सहायक निर्देशको मृत्यु भएको थियो। सोही प्रकरणलाई लिएर प्रहरीले शुक्रबार क्रेन अपरेटर राजनलाई तामिलनाडु प्रहरीले पक्राउ गरेको हो।

Image result for इंडियन 2 के सेट पर हुए क्रेन हादसे

घटनालाई लिएर फिल्मका निर्माता तथा अभिनेता कमल हसन र निर्देशक शंकरलाई पनि प्रहरीले बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चेन्नईको ईभीपी स्टुडियोमा फिल्मको सुटिङ चलिरहेको समयमा क्रेन दुर्घटना हुँदा फिल्मका सहायक निर्देशक ३४ वर्षीय कृष्ण, २० वर्षीय मधु र ६० वर्षीय चन्द्रनको मृत्यु भएको थियो।

 तमिलनाडु पुलिसले इन्डियन २ को सेटमा भएको घटनालाई लिएर फिल्मका निर्माण कम्पनी लाइका प्रोडक्शन्समाथि पनि आरोप लगाएको छ। लाइका प्रोडक्शन्समाथि मेसिनरी चीजहरुको लापरवाही, व्यक्तिको जीवन र सुरक्षामा चोट पुर्‍याउने वा खतरामा पार्ने, मान्छेको जीवन र सुरक्षामा चोट पुर्‍याउने, लापरवाही कारण अन्यको मृत्युको जिम्मेवारी हुनुपर्ने लगातका आरोप लगाएको छ।

प्रहरीले घाइतेहरुसँग पनि घटनाका बारेमा सोधपुछ गरिने जनाएको छ।

Image result for इंडियन 2 के सेट पर हुए क्रेन हादसे

दुर्घटनामा फिल्मका तीन प्रमुख कलाकारहरू कमल हासन, रकुल प्रीत सिंह र काजल अग्रवाल दुर्घटनाबाट संयोगवश जोगिएका छन्।

दुर्घटनामा जोगिएपछि अभिनेत्री काजल अग्रवालले दुर्घटनाका कारण आफू स्तब्ध भएको बताएकी थिइन्। उनले दुर्घटनाको अनुभव सामाजिक सञ्जालमा सेयर समेत गरेकी थिइन्।

यो पनि : ‘इन्डियन २’को सुटिङस्थलमा दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .