ad ad

राजनीति


प्रतिपक्षीले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

प्रतिपक्षीले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ११:४६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ।  शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलोगरी सुरु हुने भएको सभामुखको सचिवालयले जनाएको छ। 

यसअघि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि संसद् बैठक आजका लागि स्थगित गरिएको थियो। 

सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 

समिति बनाउन दलहरू तयार भएपनि टीओआर (कार्यादेश) कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा दलहरूबीच थप समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .