राजनीति


अध्ययन प्रतिवेदन आजै बुझाउने एमसीसी कार्यदलको तयारी

अध्ययन प्रतिवेदन आजै बुझाउने एमसीसी कार्यदलको तयारी

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १०:५१,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बाट सहयोग लिने विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज (शुक्रबार) प्रतिवेदन बुझाउने तयारी गरेको छ।

शुक्रबार बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो। 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद चर्केपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे नेतृत्वमा कार्यदल गठन गरेको थियो। तीन-सदस्यीय साे कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्का नेकपा नेता भीम रावल सदस्य छन्।

गतमहिना सम्पन्न केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसेकको र सम्भवतः आज नै बुझाउने तयारी रहेको कार्यदलका सदस्य भीम रावलले बताए।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन भएको रावलले बताए।

‘‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ। तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ। त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला। प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न सकिँदैन्,’’ उनले भने। ‘‘केन्द्रीय कमिटि बैठकले नै अध्ययन पछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ। त्यस अनुसार नै हुन्छ। ’’

केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो। थपिएको समयसीमा पनि शुक्रबार सकिएको छ।
एमसीसीको मुल सम्झौतासँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .