राजनीति


गाँजाबाट किसानले लाखौं कमाउँछन्, जलविद्युतबाट होइन : सांसद विरोध खतिवडा (भिडियो)

गाँजाबाट किसानले लाखौं कमाउँछन्, जलविद्युतबाट होइन : सांसद विरोध खतिवडा (भिडियो)

मणि दाहाल
फागुन ९, २०७६ शुक्रबार ७:५३,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही सांसदहरुले गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र नियन्त्रणमा खेती गर्न पाउनु पर्ने भन्दै संसदमा प्रस्ताव दर्ता गरेपछि यो विषय अहिले चर्चामा छ।

प्रस्ताव दर्ता गराउने सांसद विरोध खतिवडाले नियन्त्रित रुपमा खेती गर्न दिने हो भने किसानले लाखौं कमाउन सक्ने बताउँछन्। खतिवडाले विश्वभरि नै सरकारी अनुगमनमा गाँजा खेती गर्न दिने व्यवस्था भइरहेकाले नेपाल सबाट पछि हुन नहुने उनी बताउँछन्।

‘सरकारले कानुन बनाएरै खेती गर्न दिनुपर्छ। जसलाई नगदेबालीको रुपमा किसानले लाखौ कमाउन सक्छन्,’ सांसद खतिवडाले नेपालखबरसँग भने, ‘युरोप अमेरिकातिर धमाधम खुला हुँदैछ, हामी त्यसबाट पछि हट्नुहुँदैन।’

भिडियो:

२०३३ सालमा लागू औषध नियन्त्रण ऐन ल्याएर बनाएर गाँजालाई लागू औषधको सूचीमा राखेको थियो। अमेरिकाको गाजाँविरुद्ध विश्वव्यापी अभियानको क्रममा नेपालमा पनि त्यस प्रकारको कानुन आएको उनको बुझाइ छ।

गाँजालाई औषधि र तरकारीको रुपमा लामो समयदेखि प्रयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हामीले खानका लागि यो खुला गर्नुपर्ने माग गरेको भने होइनौं। भारतमा किलोको हजारौं रुपैयाँमा बिक्री हुने गाँजा प्रशोधन गरेर युरोप पुर्याउन सक्ने हो भने लाखौं कमाउन सकिन्छ।’

खतिवडाले आफूसहित करिब पचास जना सांसदले संसदमा प्रस्ताव गर्दा गरेको भएपनि धेरैको यसमा समर्थन रहेको दावी गरे।

‘केही साथीहरुसँग सल्लाह गरेर दर्ता गराएको थियौं अहिले धेरै साथीहरुले यसमा समर्थन गर्नु भएको छ,’ खतिवडाले भने, ‘सरकारले यो विषयलाई सकारात्मक रुपमा लिने आशा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .