ad ad

राजनीति


अडियो प्रकरणले सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने प्रमाणित गर्‍यो : महत

अडियो प्रकरणले सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने प्रमाणित गर्‍यो : महत

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ७:२७,

 नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सञ्चारमन्त्री बाँस्कोटाको कमिसन मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन्।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको पनि आरोप लगाए।

शुक्रबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यो प्रकरणमा अरुको पनि सहभागिता हुन सक्ने आशंका समेत गरे।

‘बाँस्कोटा एक्लै मात्रै यो प्रचरणमा संलग्न भएको भनेर भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘यसमा अरुको पनि संलग्नता हुनसक्छ, सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन माग गर्दछु।’

उनले बिहीबार काठमाडौंमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्तामाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाउँदै प्रहरीलाई सरकारमुखी नबनेर जनताप्रति उत्तरदायी बन्न सुझाब दिए।

‘हाम्रा भातृसंस्थाका नेता कार्यकर्ताले भ्रष्टाचारको बिरोध गर्दा पुलिसले लाठीचार्ज गरेको ग¥यो’, उनले भने, ‘म प्रहरीलाई भ्रष्टाचारीको संरक्षणमा नलाग्न समेत आग्रह गर्दछु।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको अडियो प्रकरणबारे सदनलाई जबाफ दिनुपर्ने बताए। उनले अडियो प्रकरणले सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने कुराको पुष्टि गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .