ad ad

राजनीति


मन्त्री यादव र राज्यमन्त्री खानले लिए शपथ

मन्त्री यादव र राज्यमन्त्री खानले लिए शपथ

तस्बिर : प्रदीपराज वन्त ।


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १९:२, काठमाडौँ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बनेका प्रदीप यादव र राज्यमन्त्री हसिना खानले शपथ लिएका छन्।

सोमबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यस्तै, राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शवथ खुवाए।

उपेन्द्र यादव बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्।

प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो।

हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .