ad ad

राजनीति


अशोक राईको पार्टी दर्ता गर्ने निर्णय खारेज गर्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

अशोक राईको पार्टी दर्ता गर्ने निर्णय खारेज गर्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १६:२, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गर्ने आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। 

अशोक राईको नेतृत्वमा दल दर्ता गर्ने आयोगको निर्णय गैर कानुनी रहेको भन्दै खारेज गर्न यादवले माग गरेका छन्। निर्वाचन आयोगले खारेज भइसकेको अध्यादेशलाई टेकेर राईको नेतृत्वमा दल दर्ता गरिदिएको यादवको दाबी छ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल दर्ता गर्नका लागि ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य आवश्यक पर्ने भए पनि राईसँग ४० प्रतिशत केन्द्रीय सदस्य नरहेको यादवले दाबी गरेका छन्। 

निर्वाचन आयोगले भने खारेज भइसकेको अध्यादेश अनुसार २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य भए पनि पुग्ने प्रावधान अनुसार नयाँ दल दर्ता गरिदिएको थियो। आयोगको उक्त निर्णयको प्रभाव सत्ता समीकरणमा समेत देखिएको छ। 

मधेस सरकार जसपा फुटकै कारण अल्पमतमा परेको छ भने यादवले दल विभाजनकै कारण सत्ता छाड्न परेको छ। यादवलाई सत्ताबाट बाहिर पठाएर अशोक राई नेतृत्वका नयाँ दललाई सरकारमा सहभागी गराउने तयारी भएको छ।

अशोक राईले नयाँ दल दर्ताका लागि दिएको निवेदन प्रथम दृष्टिमा नै खारेज गर्नु पर्नेमा निर्वाचन आयोगले कायम नरहेको कानुनको आधारमा छुट्टै दल दर्ता गर्ने गरी भएको निर्णय बदर गर्न यादवले सर्वोच्चसँग माग गरेका छन्।

निर्वाचन आयोगले वैशाख २४ गते राई नेतृत्वमा पार्टी दर्ता गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .