राजनीति


प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न कांग्रेसका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न कांग्रेसका शीर्ष नेता बालुवाटारमा

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ९:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस शीर्ष नेता बालुवाटार पुगेका छन्। 

संसद् सहज रूपमा खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला केही बेरअघि (आइतबार बिहान ९ बजेतिर) प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। 

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेपछि प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई बोलाएका हुन्। 

यही जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ। तर कांग्रेस आफ्नो अडानमै रहेकाले प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि पहल थालेका हुन्।

गत शुक्रबार (वैशाख २८ गते) कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि स्थगन गर्नपरेको थियो। 

शनिबार बिहानै सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् नचलाउने मनशायमा रहेको निष्कर्ष निकालेको थियो। 

यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै कांग्रेस सभापति देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम बनाएका हुन्। 

दुई पक्षबीच संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad