काभ्रे प्रहरीले २८५ वटा सवारी साधनबाट प्रेसर हर्न, अनावश्यक बत्ती र झल्टर निकालेको छ।
शनिबार बीपी र अरनिको राजमार्गका १० ठाउँमा सवारी साधन चाँचको क्रममा २३० सवारी साधनबाट प्रेसर हर्न तथा ५५ वटा सवारी साधनबाट अनावश्यक रुपमा जडान गरिएका फग्स लाइट र झल्लर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सवारी साधनमा जडान गरिएको प्रेसर हर्नको कारण ध्वनि प्रदूषण बढेकाले त्यस्ता सवारी साधनलाई कारबाही गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सडकमा सवारी साधन रोकेर कारबाही गरेको हो। ती सवारी साधनमा पुनः प्रेसर हर्न, अनावश्यक बत्ती र झल्लर जडान गरेको पाइमा थप कडा कारबाही गर्ने चेतावनीसमेत प्रहरीले दिएको छ।
त्यसैगरी सडक सुरक्षा सचेतना अभिबृद्धि कार्यक्रम अन्तर्गत प्रहरीले काभ्रेको पनौती नगरपालिका क्षेत्रमा शनिबार आकस्मिक जाँच गर्दा २३ जना सवारी सालकलाई कारबाही गरेको छ।
हेलमेट प्रयोग नगरी सवारी चलाउने, कागजात साथमा नराख्ने, सिटक्षमताभन्दा वढि बालबालिका राख्ने स्कुल बस तथा यात्रुबाहक सवारी गरी गरी २३ वटा सवारी साधनलाई कारबाही गरिएको काभ्रे प्रहरीले जनाएको छ।
त्यसक्रममा कागजपत्र नभएको एउटा मोटरसाइकल होल्ड गर्नुका ३ सय जना यात्रुलाई सम्झाई बुझाइ गरिएको डीएसपी श्रेष्ठले बताए।
Shares

प्रतिक्रिया