राजनीति


गृहमन्त्री लामिछानेका विषयमा एमाले नेता भीम रावल प्रतिपक्षी कित्तामा

गृहमन्त्री लामिछानेका विषयमा एमाले नेता भीम रावल प्रतिपक्षी कित्तामा

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल


नेपालखबर
बैशाख २९, २०८१ शनिबार २१:३९, काठमाडौँ

सहकारी ठगी प्रकरणमा सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिवाद गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतिरक्षा गरिरहेको छ। 

एमालेमा पनि अध्यक्ष केपी शर्मा ओली रविका पक्षमा खुलेरै लागेका छन्। 

तर एमालेकै एकजना नेता भीम रावल उक्त विषयमा आफ्नै पार्टी र अध्यक्षको विपरीत उभिएका छन्। 

अर्थात् उनले कांग्रेसले झैँ गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अभिव्यक्ति दिएका हुन्। 

एमाले नेता रावलले कसैको नाम नलिईकन शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्,  ‘सहकारी ठगी प्रकरणमा केही मानिस भन्छन्– अपराध प्रमाणित नभई किन छनबिन गर्ने? कानुनको शासनको मान्यताले भन्छ- अपराध प्रमाणित भएपछि त तत्काल झ्यालखाना हाल्नुपर्छ। पदासीन व्यक्तिबारे कानुन र देश हितविपरीत कामकुरा गरेको भनी कुरा र लिखत सार्वजनिक भएपछि तथ्य पत्ता लगाउन छानबिन गर्ने हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad