राजनीति


डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १५:२१, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो।

आगलागी र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए। 

‘देशभरमा विभिन्न ठाउँमा आगलागि भएको छ, डढेलोले धेरै मानिसहरु पीडित भएका छन्। र आक्रान्त भएका छन्। त्यसका तत्काल सरकारलाई डढेलोबाट, आगजनीबाट पीडित भएका मानिहरुलाई राहत दिनका लागि, पुनस्र्थापना गर्नका लागि हामीले अनुरोध गरेका छौँ,’ लेखकले भने, ‘आगलागीबाट, डढेलोबाट मृत्यु भएका मानिसहरुप्रति हामीले श्रद्धाञ्जली व्यक्त गरेर सम्बन्धित परिवारलाई हामीले समवेदन व्यक्त बैठकबाट गरेका छौँ।’

त्यसैगरी बैठकले डढेलो तथा आगलागिबाट पाईप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ। 

‘अर्को विषय तराई मधेसमा भूमिगत जलस्रोत खस्केको छ। र पहाडमा पनि आगलागी, डढेलोका कारणले विभिन्न ठाउँहरुमा खानेपानीका पाईपहरु जलेर देशभरका विभिन्न ठाउँमा खानेपानीको समस्या देखापरेको छ। र यो समस्यालाई पनि तराई, मधेस र पहाडका विभिन्न ठाउँमा देखिएको खानेपानीको समस्यालाई उचित ढंगले सम्बोधन गर्न हामीले सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .