राजनीति


सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा (भिडियो)

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा (भिडियो)

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ९:२८,

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्। उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्।

प्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।

त्यसपछि सभामुख सापकोटाले मन्त्रीको राजीनामा दिइसकेको जानकारी दिएका हुन्।

‘मलाई औपचारिक पत्र त आएको छैन। तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ,’ सभामुख सापकोटाले संसदमा भने।

तर, कांग्रेसले राजीनामा मात्र होइन, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तर्क गर्दै संसद अवरुद्ध गरेका छन्।

कांग्रेसले आजै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्न कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड घुस माग्दै वार्तालाप गरेको अडियो सार्वजनिक भएको थियो।

निर्धारित समयभन्दा केही घन्टा ढिल सुरु भएको बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई बर्खास्त गरी उनलाई कारवाही गर्ने प्रक्रिया शुरु नगरेसम्म संसद चल्न नसक्ने बताइन्। 

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad