राजनीति


आज पदको शपथ खाँदै नवनिर्वाचित सांसद सुहाङ

आज पदको शपथ खाँदै नवनिर्वाचित सांसद सुहाङ

नेपालखबर
बैशाख २६, २०८१ बुधबार ८:२७, काठमाडौँ

उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज (मंगलबार) पदको शपथ खाने भएका छन्। 

एमालेबाट सांसद बनेका सुहाङलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्बाङलाई शपथ खुवाउने कार्यक्रम छ। यस क्रममा उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।

शपथ समारोह सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजना गरिनेछ। 

सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

जसमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको थियो।

निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भएका हुन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .