राजनीति


सुहाङको शपथ बुधबार

सुहाङको शपथ बुधबार

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १२:२७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङको बुधबार (वैशाख २६) शपथ ग्रहण हुने भएको छ। सभामुखको सचिवालयका अनुसार, बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा नेम्बाङको शपथ कार्यक्रम राखिएको छ। 

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथ गराउनेछन्।

नेम्बाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए। 

निर्वाचन आयोगका अनुसार सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का २१ हजार ९ सय ४२ मतसहित दोस्रो भएका थिए। 

सुवास नेम्बाङको निधनपछि रिक्त भएको सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको थियो। 

सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्।

सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।

बुवा सुवाससँगकै सल्लाहमा उनले फुटबल क्लब पनि किनेका थिए। 

व्यवसायमा जम्दै गरेका सुहाङ अब प्रतिनिधिसभा सांसद बनेर संघीय संसद् छिर्ने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .