राजनीति


जापानी विदेशमन्त्री आइतबार नेपाल आउँदै

जापानी विदेशमन्त्री आइतबार नेपाल आउँदै

फाइल तस्बिर : जापानकी विदेशमन्त्री कामिकावा योको


नेपालखबर
बैशाख २२, २०८१ शनिबार ७:४, काठमाडौँ

जापानकी विदेशमन्त्री कामिकावा योको आइतबार ( वैशाख २३ गते) नेपाल भ्रमणमा आउँदै छिन्। 

उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएकी हुन्। 

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्।

जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .