ad ad

राजनीति


कार्यदलले एमसीसीबारे सुझाव मात्रै दिन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

कार्यदलले एमसीसीबारे सुझाव मात्रै दिन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:४९,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्।

बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताए। पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए।

उनले भने, ‘सरकारले एमसीसी साउन मै संसदमा प्रस्तुत गर्नुको तत्पर्य प्रष्ट नै छ। हामीलाई दिएको विषय पनि त्यही हो। त्यसको बारेमा रहेका अस्पष्टताहरु प्रष्ट पार्न समिति गठन भएको हो। केन्द्रीय समितिमा केही सदस्यहरुले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो। दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौँ।’

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो। अहिले कार्यदलले अध्ययन गरिरहेको छ।

बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताए। दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै जैलाने विषयमा कुराकानी भएको उनले बताए।

त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ। बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुबै देशका नजिक रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नती गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरु भारत र बंगलादेशका नदीहरुमा जोड्ने र जलमार्गको विकास गर्ने समझादारी भएको ।

उनले चीनमा कोरोना भाइरस विरुद्ध सफलता प्राप्त गर्दै गएको बताएका छन्। चीनले कोरोना नियन्त्रणका लागि गरिरहेको कामलाई नेपालले ऐक्यबद्धता जनाएको बताए। उनले चीनमा देखिएको कोरोनाका कारण सगरमाथा सम्बादलाई कुनै असर नगर्ने बताए।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ताको वातावारण बनिरहेको र दुबै देशको समयअनुकुल मिति तय गरी वार्ता हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .