ad ad

राजनीति


यातनाका कारण जुलियन असान्ज जेलमै मारिन सक्ने चिकित्सकहरुको चेतावनी

यातनाका कारण जुलियन असान्ज जेलमै मारिन सक्ने चिकित्सकहरुको चेतावनी

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:५१,

विकिलिक्सका संस्थापक जुलियन असान्ज मानसिक यातनाका कारण जेलमै मारिनसक्ने चेतावनी विश्वभरका चिकित्सकहरुको समूहले दिएको छ।

एक सय १७ जना चिकित्सकहरुले प्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा खुलापत्र लेख्दै असान्जको अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन्।

उनीमाथि भइरहेको ‘मनोवैज्ञानिक यातना र चिकित्सकीय बेवास्ता’ अन्त्य गर्न उनीहरुले आह्वान गरेका छन्। डक्टर्स फर असान्ज नामक सो समूहले यसअघि पनि बेलायती गृह मन्त्रालयलाई पत्र लेखेको थियो।

‘इक्वेडरको दूतावास र बेलमार्स जेल दुवै ठाउँमा दिइएको मनोवैज्ञानिक यातनाका कारण असान्जको स्वास्थ्य चिन्ताजनक छ,’ पत्रमा भनिएको छ, ‘उनको मृत्यु बेलायती जेलमा भए यो त्यो यातनाकै कारण भएको ठहरिनेछ।’

यसअघि संयुक्त राष्ट्रसंघका दूत निल्स मेज्लरले पनि असान्जलाई जेलमा भेटेर उनले यातनाको लक्षण देखाएको र त्यसबाट उनको ज्यान जानसक्ने चेतावनी दिएका थिए।

असान्ज बेलायतको बेलमार्स जेलमा केद छन्। उनलाई अप्रिल २०१९ मा इक्वेडरको दूतावासभित्रबाटै समातिएको थियो। आगामी २४ फेब्रुअरीमा उनीमाथिको मुद्दा सुनुवाइ हुनेछ। जसको नतिजास्वरुप बेलायतले उनलाई अमेरिका सुपुर्दगी गर्न सक्छ।

अमेरिकामा उनलाई रक्षा मन्त्रालयको कम्प्युटर ह्याक गर्ने षड्यन्त्र रचेको लगायतका १८ आरोप छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .