ad ad

राजनीति


अहिले नै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने योजना छैन : पर्यटनमन्त्री

अहिले नै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने योजना छैन : पर्यटनमन्त्री

नेपालखबर
फागुन ७, २०७६ बुधबार १०:५९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले कोरोना भाइरसका कारण चीनबाट पर्यटक नआउँदा भएको घाटाको पूर्ति अन्य मुलुकहरुबाट गर्नुपर्ने बताएका छन्।

पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने उनको भनाइ थियो। ‘चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्छ’, उनले भने, ‘चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा परिचालन गरिन्छ।’

मन्त्री भट्टराईले नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताए। चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

‘आजका मितिसम्म नेपालमा एक जना पनि कोरोना संक्रमित छैन’, मन्त्री भट्टराईले भने। उनले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको जानकारी दिए।

मन्त्री भट्टराईले नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे। उनले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए।

मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि प्रस्ट पारे। नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै उनले आफुले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .