ad ad

राजनीति


चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीयः महासंघ

चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीयः महासंघ

नेपालखबर
फागुन ७, २०७६ बुधबार १०:५०,

नेपाल पत्रकार महासंघले द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी दूतावासको विज्ञप्तिले पत्रकारलाई धम्की र लाञ्छना लगाउने कार्यप्रति निन्दा गरेको छ।

‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो। कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .